Logo

खेलकुद

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप



काठमाडौं । निर्माण सामाग्री उत्पादन एवम् वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेसन लुम्बिनी लायन्ससँग जोडिएको छ ।

काठमाडौंमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्ससँग नेपाटपले सहकार्य गरेको हो । नेपाटप अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहकार्यको सहमतिपत्रमा हस्ताक्षण गरे ।

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलीलाई हौसला प्रदान गर्ने बताए ।

नेपाटपका अध्यक्ष श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाइप तथा फिटिङस्, यूपीभीसी पाइप तथा फिटिङस्, सीपीभीसी पाइप तथा फिटिङस्, यूपीभीसी झ्याल ढोका, एचडीपीई पाइप, डीडब्ल्यू, सी पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्यास गिजर, इलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।