शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरी कुल १४३९ युनिट रगत संकलन गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस अभियानमा कम्पनीका विभिन्न शाखाको समन्वयमा कर्मचारी, ग्राहक तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ।
देशभर बढ्दो रगत आवश्यकताका बीच शिखर इन्स्योरेन्सले प्रदेशगत रूपमा रक्तदान अभियान सञ्चालन गरेको हो। कार्यक्रममार्फत कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ।
रक्तदान अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने प्रति कम्पनीले आभार व्यक्त गरेको छ। कम्पनीका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक टोली, शाखा कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीहरूलाई शिखर इन्स्योरेन्सले धन्यवाद व्यक्त गरेको छ।
२२ औं वर्षमा प्रवेश गरेको कम्पनीले आगामी दिनमा अझ प्रभावकारी, सुरक्षित र सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। निरन्तर सेवा विस्तार, ग्राहकमैत्री सुविधा र सामाजिक उत्तरदायित्वमा सक्रिय रहन कम्पनीले प्रतिवद्धता दोहोर्याएको छ।




















प्रतिक्रिया