Logo

अर्थ

२ हजार ८ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ११:०६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।