काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१ को विन्दुमा कायम भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया