Logo

अर्थ

कृषि विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा



काठमाडौं । कृषि विकास बैंकले १९औं वार्षिक साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने भएको छ । उक्त सभा भक्तपुरको बोडेमा रहेको बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो ।

उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरिएको ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । यस्तै अविमोच्य अग्राधिकार सेयरधनीलाई तोकिएबमोजिम चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १०:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।