Logo

अर्थ

चार महिनामा ७ खर्ब बराबरको वैदेशिक व्यापार



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म)को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

भन्सार विभागले आइतबार सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १७:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।