Logo

अर्थ

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन



काठमाडाैं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ इभी शोरुमको उद्घाटन घोषणा गरेको छ। नयाँ शोरुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ ।

उद्घाटन समारोहको अवसरमा कम्पनीले विशेष Grand Opening Offer सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोसइलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटोप्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथैप्रत्येक बुकिङका लागिएक रातको आकर्षक स्टे–प्याकेज समावेश छन्। नयाँ शोरुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ, साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ।

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज इभी चार्जिङ तथासेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ ।

बुद्धचोकस्थित केई र फोर्थिङ शोरुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १६:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।