काठमाडौं । सीजी मोटर्सले नेपालमा आयन ब्रान्डका ईभीहरूलाई थप सहज र आकर्षक बनाउने उद्देश्यसहित “The eXtraordinary Change Offer”नामक विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत आयन वाई वा आयन भी मोडेलमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ६.३ प्रतिशत ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस तथा Black+Decker कार वाशर र भ्याकुम क्लिनर जस्ता आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।
साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स र आवश्यक एक्सेसरिज पनि समावेश गरिएको छ । यससँगै टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
आयन मोडेलका विशेषताहरू
आयन वाई
ड्राइभिङ रेन्ज: ५०० किलोमिटर
ब्याट्री: ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री
आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
ड्राइभिङ रेन्ज: ५२० किलोमिटर
ब्याट्री प्रकार: म्यागजिन ब्याट्री
आयन भी लक्जरी – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
ड्राइभिङ रेन्ज: ६५० किलोमिटर
ब्याट्री क्षमता: ७५.३ किलोवाट आवर्
८-प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)
यी मोडेलहरू क्रमशः रु ५८.५० लाख, रु ६४.९९ लाख र रु ६९.९९ लाख मूल्यमा उपलब्ध छन् ।
विश्वभर अत्याधुनिक प्रविधि र डिजाइनका लागि परिचित आयनले एशिया, युरोप र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै ईभी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ, भने नेपालमा सीजी मोटर्स र आयनले स्वच्छ, स्मार्ट र दिगो भविष्यमुखी परिवहन प्रवर्द्धन गर्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेका छन् ।




















प्रतिक्रिया