काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको छ ।
आज १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया