Logo

खेलकुद

भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी



च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया डोर्टमण्डले ४-० को शानदार जित दर्ता गरेको छ। १० खेलाडीमा सीमित भिल्लारियालविरुद्ध डोर्टमण्ड हाबी भएको हो।

पहिलो हाफको पूरा समयसम्म गोलरहित बराबरी खेलेको डोर्टमण्डले अतिरिक्त समयमा सेरहु ग्विरासीको गोलमा १-० को अग्रता लिएको थियो। उसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल गरेको हो।

खेलको ५२ औं मिनेटमा भिल्लारियालका जुआन फोएथले रातो कार्ड पाएपछि टिम थप दबाबमा परेको थियो।

१० खेलाडीमा सीमित भएको भिल्लारियलविरुद्ध डोर्टमण्डले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो। खेलको ५४ औं मिनेटमा ग्विरासीले दोस्रो गोल गरे भने ५८ औं मिनेटमा करिम अडेयेमीले थप गोल गर्दै खेल एकतर्फी बनाए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ०८:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।