Logo

अर्थ

नेपाली बजारमा आफ्नो पकड मजबुत बनाउँदै फोटोनका ईभी गाडीहरु



काठमाडाैं । फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो भूमिका अझ मजबुत बनाइरहेको छ । उद्यमी, संस्थान र यातायात संचालकहरूका लागि फोटोनका भरपर्दा, किफायती र टिकाउ गाडीहरू ठूलो सहारा बनिरहेका छन् ।

इन्धनको मूल्य बढ्दै गएको र सफा सवारी साधनको माग बढिरहेको अवस्थामा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन् ।

धेरै साना व्यवसायीहरूका लागि फोटोन टीएम १ भरपर्दो विकल्प बनेको छ । बनेपाका जितबहादुर तामाङका अनुसार टीएम १ ले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो–ओरालो दुबैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउँछ । खर्च कम गराई राम्रो बचत भैरहेको छ, उनी टीएम १ लाई साँच्चै नै ‘कमाईको राजा’ भन्छन् । डिजेल र पेट्रोल गाडीबाट त्ःज्ञ मा सरेपछि उनको मर्मत र इन्धन खर्च धेरै घटेको छ, घरमै चार्ज गर्न सकिने सुविधा हुँदा दैनिक काम झनै सजिलो भएको छ ।

शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन् । रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे । अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन् । यसको आराम, बलियो ब्याट्री प्रदर्शन,सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ ।

धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन् । समाखुसी यातायातका २५ वर्ष अनुभव भएका चालक ईश्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन निकै सहज छ, आराम ‘भीआईपीजस्तै’ छ, र ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ । उनी भन्छन्, चार्जिङ स्टेसनहरू सजिलै भेटिन्छन्, र गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ ।

उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ । फोटोन नेपाली समुदाय र यहाँका उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ११:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।