Logo

अर्थ

१४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिनभित्र स्पष्टीकरण माग



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण काम सन्तोषजनक रूपमा सम्पन्न नगरेका १४ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

यसअघि ३० दिने समयसिमा दिएर स्पष्टीकरण मागिए पनि तोकिएको अवधिभित्र जवाफ नआएपछि अन्तिमपटक छोटो अवधि तोकेर पुनः स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । आवश्यक स्पष्टीकरण नआएमा ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

स्पष्टीकरण सोधिएका कम्पनीहमा विक्रम घले मुख्य व्यक्ति भएको लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, मुकुन्द अधिकारी मुख्य व्यक्ति भएको दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामना/युनिभर्सल जेभी नुवाकोट र सुमन न्यौपाने मुख्य व्यक्ति भएको चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।

यसैगरी फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति भएको आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति भएको पम्फा निर्माण सेवा बारा, तिलक बहादुर थापामगर मुख्य व्यक्ति भएको एम/एस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, फुलचन श्रेष्ठ मुख्य व्यक्ति भएको एम/एस पूजा कन्स्ट्रक्सन धादिङ, ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति भएको एम/एस डी.पी. कँडेल निर्माण सेवा काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिएका अन्य कम्पनीहरुमा उमेश लामा मुख्य व्यक्ति भएको पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि काठमाडौं, पृुजन रावत मुख्य व्यक्ति भएको एम/एस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि चितवन, आङ ओम्बु शेर्पा मुख्य व्यक्ति भएको पी.एन.डी. शेर्पा कन्स्ट्रक्सन काठमाडौं र मनोज कुमार यादव मुख्य व्यक्ति भएको क्वालिटी सोलुसन कम्पनी प्रालि ललितपुर छन् ।

निर्धारित समयभित्र उचित कारण पेस गर्न कम्पनीहरूले असफल भएमा कानुनी प्रावधानअनुसार कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १३:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।