Logo

खेलकुद

बराबरीमा रोकिए जिरोना र रियल मड्रिड



रियल मड्रिडले स्पेनिस ला लिगामा जिरोनालाई १–१ को बराबरीमा रोकेको छ ।

यो नतिजासँगै १४ खेलमा ३३ अंक जोडेको रियल दोस्रो स्थानमा छ ।

जिरोना समान खेलबाट १२ अंकका साथ १८औँ स्थानमा छ ।

आइतबार मोन्टिलिभी रंगशालामा पाहुना टोली रियलका लागि किलियन एमबाप्पेले गोल गरे ।

जिरोनाका लागि अज्जेदिन औनाहीले गोल गरे ।

खेलको ४५औँ मिनेटमा औनाहीको गोलमार्फत जिरोनाले अग्रता लिएको थियो ।

६७औँ मिनेटमा एनबाप्पेले पेनाल्टीलाई सदुपयोग गर्दै रियललाई बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०७:३७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।