Logo

प्रमुख समाचार

आज ३८औं विश्व एड्स दिवस मनाइँदै



 

काठमाडौँ । आज विश्व एड्स दिवस मनाइदैछ । आज ३८औं विश्व एड्स दिवस अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाइदै छ । यो दिवस हरेक बर्ष डिसेम्बर १ मा मनाइने गरिन्छ ।

यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ।

एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स-मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ ।

सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ ।

 

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य सरकारको रहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ०८:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।