Logo

अर्थ

लघुवित्तको धितो कर्जा सीमा अब १५ लाखसम्म



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षा अनुसार हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्‍याउने भएको हो ।

‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।