Logo

भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने



यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ ।सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो । हरेक वर्ष भाइटीकाको दिन सर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरुले भाइटीका लगाउने परम्परा चलिआएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । तिहारको समयमा बालगोपालेश्वर महादेवको मन्दिरलाई यमलेश्वर महादेवको नामले पनि पुकारिने गरिन्छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ५ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।