काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।
आज छापावाल सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया