Logo

अर्थ

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

आज छापावाल सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ११:१६   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।