Logo

अर्थ

सेयर बजारमा झिनो अंककाे गिरावट, २६४४ बिन्दुमा नेप्से



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४ को विन्दुमा कायम भएको छ ।

आज १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रोपावर र श्रीनगरका लगानीकर्ताले कमाएका छन् ।  पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १५:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।