तनहुँ । तनहुँमा ४५० जना एड्स सङ्क्रमित छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिए । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।
उनले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गरे । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताए ।




















प्रतिक्रिया