Logo

खेलकुद

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको विजयी



काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।  शुक्रवार काठमाडौंस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा एपीएफ क्लबले बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । एपीएफको जितमा रश्मि कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरेका थिए ।
योजितपछि एपीएफले महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ । आजै सम्पन्न पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको थियो । अब एपीएफले डिसेम्बर ११ मा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार २१:४४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।