Logo

अर्थ

घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सयले घटेकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार ११:२८   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।