सानिमा बैंक लिमिटेडले २०८२ मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूर्ण गर्दै वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढीको सेवा यात्रामा बैंकले विश्वसनीय तथा मजबुत वित्तीय संस्था बन्ने लक्ष्यका साथ व्यवसाय विस्तार, सेवा सुधार र डिजिटल माध्यमबाट पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको छ।
विशेष समारोह सानिमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भयो। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गर्दै २१ वर्षको सफल यात्रामा सबैको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।
उनले आगामी वर्षहरूमा पनि प्रतिस्पर्धात्मक तथा सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै दिगो वित्तीय प्रणालीको विकासतर्फ सानिमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
सानिमा बैंकले स्थापना कालदेखि परम्परागत बैंकिङबाट डिजिटल र आधुनिक वित्तीय सेवातर्फ क्रमिक उन्नति गरेको छ। डिजिटल कारोबार, मोबाइल बैंकिङ, समग्र कार्ड सेवा, कर्जा तथा बचत योजनाहरू विस्तार गर्दै बैंकले ग्राहक–मैत्री सेवा पहुँचलाई व्यापक बनाएको छ।
हालसम्म बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय, १२७ एटीएम तथा वैकल्पिक सेवा च्यानलमार्फत सेवा विस्तार गरी देशव्यापी बैंकिङ पहुँच मजबुत बनाएको तथ्यांक सार्वजनिक गरेको छ।





















प्रतिक्रिया