Logo

खेलकुद

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमै प्रतिस्पर्धा



 

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै अहिले विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा एकपछि अर्को विकेट गुमाउँदै गएको विराटनगरको इनिङ संकटमा परेको छ । हालसम्म विराटनगरले आठ विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसीबाहेक विराटनगरका सबै ब्याटर सस्तैमा समेटिएका छन् । ओपनर साम हेज्लेट इनिङगको पहिलो बलमै आउट भए ।
विराटनगरका मार्टिन गप्टिल दुई बलमा दुई रन बनाएर आउट भए भने नरेन भट्ट पनि शून्य रनमा आउट भए । बसिर अहमद पनि १८ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर लोकेश बम ६ बलमा ५ रन बनाएर आउट भए । नारायण जोशी तीन बलमा एक रन बनाएर आउट भए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १९:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।