काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य २०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ ।
मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो ।
चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ । आज एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो ।




















प्रतिक्रिया