Logo

अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको नयाँ रेकर्ड



काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य २०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ । आज एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार ११:३३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।