काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल क्षेत्रमा कार्यरत कर्मचारीलाई टियागो ईभीमा विशेष अफर ल्याएको छ ।
समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्न टियागो ईभीमा विशेष योजना ल्याइएको सिप्रदीले जनाएको छ ।
‘यस योजना अन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायका ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्’ कम्पनीले भनेको छ ‘साथै हरेक टियागो ईभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन्।’
यस अफरको मुख्य आकर्षणमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । रोज्न पाइने अफरमा जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रहेका छन् ।
योजना अन्तर्गत सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरिज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधा समेटिएका छन् ।




















प्रतिक्रिया