Logo

अर्थ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँको ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित)वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले शेयरधनीहरुलाई १५ करोड १४ लाख ६६ हजार ७३१.९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २८औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार ११:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।