काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्ष २०८१/८२को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६.०८ रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ६८ लाख २८ हजार ५६९.६१ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ९ करोड ३४ लाख १४ हजार २८४.८० रुपैयाँ बराबरको नगद लाभांश (करसहित)वितरण गर्नेछ ।




















प्रतिक्रिया