Logo

अर्थ

एपीएफ फाइनलमा पुगे एसियन पेन्ट्सद्वारा १ लाख पुरस्कार दिने



काठमाडाैं । एसियन पेन्ट्स नेपालले एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनल चरणमा प्रवेश गर्न सफल भए नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा क्लब फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने जनाएको छ ।

टीमको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्याउने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरू सहभागी छन्। प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लीग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ।

एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १५:१२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।