Logo

अर्थ

हिमालयन लघुवित्तको लाभांश घोषणा



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीका लागि लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १३:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।