Logo

अर्थ

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बैंकको १० प्रतिशत बापतको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १४:२९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।