काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीका लागि मासिक किस्ता रकम घटबढ गर्न अब सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।
यस अनुसार परिवर्तनशील ब्याजदर अनुसार ऋण लिइएकोमा ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानी समेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले बढीमा वर्षमा एकपटकसम्म मासिक किस्ता रकम समायोजन गर्न सक्नेछन् । यसले ब्याजदर उतार–चढावका कारण ऋणीमा पर्न सक्ने अतिरिक्त आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसरी किस्ता रकम परिवर्तन गर्दा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने परिपत्रमा उल्लेख छ ।




















प्रतिक्रिया