Logo

अर्थ

नेसनल लघुवित्तकाे १५ प्रतिशत लाभांश घोषणा



काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे हाे ।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १९ करोड ९७ लाख ४१ हजार २७८.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

जसमा १४.२५ प्रतिशतले हुन आउने १८ करोड ९७ लाख ५४ हजार २१४.९९ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने ९९ लाख ८७ हजार ६३.९५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १२:०३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।