Logo

समाचार

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज



काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मंगलबार भैरहवा आइपुगेको हो । उक्त जहाज खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती लिन नेपाल आएको हो ।

खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान मौसम तथा प्राविधिक कारणले भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट गरिएको थियो । पछि कोलकाताबाट पुनः उडान भरेर जहाज भैरहवा अवतरण गरेको हो ।

सम्बन्धित प्रक्रिया पूरा गरी हात्ती लिएर जहाज भैरहवाबाट उडान भरेको करिब चार घण्टामा कतार पुग्ने बताइएको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १५:३०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।