Logo

अर्थ

नेप्सेमा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शिव श्री हाइड्रोपावर र रिभर फल्स पावर कम्पनीको शतप्रतिशत दरको हकप्रद सेयर सूचीकृत भएको हो ।

रिभर फल्सको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा अब यो कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ४० लाख कित्ता पुगेको छ ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको हो । अब यो कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९५ लाख २८ हजार कित्ता पुगेको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १७:१२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।