Logo

अर्थ

रिलायन्स फाइनान्सले लाभांश नदिने



काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश दिएको थिएन ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ११:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।