काठमाडाैं । कुमारी बैंकले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ।
सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्त रुपमा लक्षित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन्।
दिगो बैंकिङ, वित्तिय समावेशीकरण र स्थानिय उद्यम सुदृढिकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहनेछ।’




















प्रतिक्रिया