Logo

अर्थ

सीजीको घरायसी उपकरण खरिदमा टी–२० विश्वकप हेर्ने अवसर



काठमाडौं । नेपालको सीजी ब्रान्डले आगामी आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ। ‘अब पालो टी–२० वर्ल्डकपको’ भन्ने नाराका साथ सीजीले आफ्ना घरायसी समानको खरिदमा ‘सीजीको साथमा, वर्ल्डकप टिकट हातमा’ नामक अभियान सुरू गरेको हो।

यो योजनाअन्तर्गत ग्राहकहरूले सीजीका साना घरायसी सामग्री खरिद गरी बम्पर उपहारस्वरुप मुम्बईको भ्रमण र क्रिकेट खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्न सक्ने सीजीले जनाएको छ।

योजनाका भाग्यशाली विजेताहरूले पाँचदिने मुम्बई भ्रमण प्याकेज प्राप्त गर्नेछन्। सीजीले जनाएअनुसार प्याकेजमा दुईतर्फी हवाई टिकट र मुम्बई सहरको भ्रमण, तारे होटलमा बसाइ र खानपिनको सम्पूर्ण व्यवस्था, मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेल हेर्ने टिकट समावेश गरिएको छ।

योजनामा सहभागी हुन ग्राहकले सीजीको घरायसी उपकरण खरिद गरेपछि आवश्यक विवरण टाइप गरी ३१००३ मा पठाउनुपर्ने कम्पनीले जनाएको छ। विजेताहरूको छनोट लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ।

मंसिर २९ गतेदेखि देशभर सीमित अवधिका लागि लागु गरिएको यो योजनाले नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह जगाउने सीजीले विश्वास लिएको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १२:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।