Logo

अर्थ

महुली लघुवित्त ५ प्रतिशत लाभांश दिने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५००.२० रुपैयाँको कुल ५ प्रतिशत लाभांश बाड्ने निर्णय गरेकाे हाे ।

जसमा ४.७२ प्रतिशतले हुन आउने १ करोड ७५ लाख ७१ हजार ३६६.२६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ९ लाख २४ हजार ८०८.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १२:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।