Logo

अर्थ

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि  लाभांश घोषणा गरेका छन् ।

आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १३:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।