Logo

अर्थ

एलआईसी नेपालको लाभांश घोषणा



काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ६ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

 

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १४:३८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।