Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

सञ्चालक समितिको ६२९औं बैठकले आव २०८१/८२ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८१ साउन १ गतेदेखी २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसुचिहरु पारित गरी बैंकको ३९औं साधारण सभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार ११:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।