Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुस ७ गते सोमबार, काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ ।

साधारण सभाले आव २०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १७:३१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।