काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले साधारणसभा र बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीको २२औं वार्षिक साधारण सभा पुस २९ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १ सेयर बराबर ०.३० का दरले हकप्रद सेयर निष्काशन गर्ने, प्रस्तावित हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेवा क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने, बोनस सेयर तथा हकप्रद सेयर जारी गर्दा पूँजी संरचनामा बृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्र संशोधन गर्ने र अप होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न संचालक समितिलाई अख्तियारी प्रदान, कम्पनीको गाडी, स्क्राप लगायत अन्य सेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया