Logo

अर्थ

एकैदिन ५ हजार ५ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्यमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार ११:२५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।