Logo

अर्थ

चिलिमे जलविद्युतले १२ प्रतिशत लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारणसभा समेत डाकेको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश प्रदान गरिनेछ ।

यस्तै कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १०:५६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।