Logo

प्रमुख समाचार

विकल पौडेललाई बैंक खाताको विवरण पेस गर्न अदालतको आदेश



काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई आफ्नो र परिवारको बैंक खाता तथा आय–व्ययको विस्तृत विवरण एक महिनाभित्र पेस गर्न आदेश दिएको छ।

थुनामा रहेकाले ती विवरण र पुष्टि गर्ने कागजात कारागार कार्यालयमार्फत बुझाउन भनिएको छ।

साथै अदालतले आय–व्ययको प्रमाणसहित लिखित बहस नोट र त्यसको विद्युतीय प्रति पनि एक महिनाभित्र पेस गर्न निर्देशन दिएको छ। अख्तियारले पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १६:५३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।