काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई आफ्नो र परिवारको बैंक खाता तथा आय–व्ययको विस्तृत विवरण एक महिनाभित्र पेस गर्न आदेश दिएको छ।
थुनामा रहेकाले ती विवरण र पुष्टि गर्ने कागजात कारागार कार्यालयमार्फत बुझाउन भनिएको छ।
साथै अदालतले आय–व्ययको प्रमाणसहित लिखित बहस नोट र त्यसको विद्युतीय प्रति पनि एक महिनाभित्र पेस गर्न निर्देशन दिएको छ। अख्तियारले पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ।




















प्रतिक्रिया