Logo

अर्थ

सिन्धु विकास बैंकका सीईओ देवकोटाको राजीनामा स्वीकृत



काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७०औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा माघ १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।